नियम
अतिरिक्त हुलाकको स्थापना

(१) हुलाक सेवा विभागले कुनै स्थानमा अतिरिक्त हुलाकको स्थापना गर्न सक्नेछ । यसरी स्थापना भएको अतिरिक्त हुलाक एक वर्षको अवधिसम्म अस्थायी रूपमा कायम रहनेछ ।
(२) अतिरिक्त हुलाक स्थापना भएको मितिले एक वर्ष भित्र हुलाक सञ्चालन गर्नलाई चाहिने खर्चको एक तिहाई सम्मको रकम सो हुलाकबाट उठेमा सो हुलाकलाई स्थायी गर्न क्षेत्रीय हुलाक निर्देशकले हुलाक सेवा विभागमा सिफारिस गर्नेछ ।
(३) उपनियम (२) बमोजिम सिफारिश भई आएमा हुलाक सेवा विभागले अतिरिक्त हुलाकलाई स्थायी गर्न स्वीकृत दिन सक्नेछ ।
(४) अतिरिक्त हुलाक स्थापना भएको मितिले एक वर्षभित्र हुलाक सञ्चालन गर्नलाई चाहिने खर्चको एक तिहाईसम्मको रकम उठ्न नसकेमा सो हुलाकको अवधि एक एक वर्षको गरी दुई पटकसम्म बढाउन सकिनेछ । यसरी अवधि बढाउँदा पनि सो थप अवधिभित्र उक्त
खर्च उठ्न नसकेमा क्षेत्रीय हुलाक निर्देशकले हुलाक सेवा विभागको पूर्व स्वीकृति लिई अतिरिक्त हुलाकलाई खारेज गर्न वा चल्तीको अन्य ठाउँमा सार्न सक्नेछ ।